कृषि ज्ञान केन्द्र भोजपुरले प्राङगारीक मलमा प्रति किलो पाँच रुपैंयाको अनुदान दिने भएको छ । एक सुचना प्रकाशित गर्दै कृषि ज्ञान केन्द्र भोजपुरले जिल्लाका सम्बन्धित कृषकहरूलाई आवश्यक परिमाणको प्राङगारीक मलको लागि सुचिकृत गर्ने सुचनामार्फत नै आवहान् गरेको छ ।
कोरोना कारण ज्ञान केन्द्रले अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको जानकारी पनि दिएको छ । यसका साथै, सुचिकृत हुनको लागि कृषि ज्ञान केन्द्र, भोजपुरको इमेल अथवा फोन नं ९८५२०६५१३० मा सम्र्पक गरी नाम टिपाउन समेत अनुरोध गरेको छ । नाम सुचिकृत गर्ने अन्तिम मिति बैशाख ३१ गतेसम्म रहेको छ ।









