चर्चित

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले धानमा दाना नलागेका पीडित किसानहरूलाई क्षतिपूर्ति दिन माग गरेको छ । महासङ्घले आज कृषि ज्ञान केन्द्र ललितपुरलाई एक ज्ञापन पत्र बुझाउँदै क्षतिको यथार्थ विवरण सङ्कलन गर्दै नोक्सानीको उचित क्षतिपूर्ति दिन माग गरेको हो । साथै उनीहरूले वर्षेनी यस्तो बीउ जन्य समस्या व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न सम्म माग गरेको छ ।

वाली लगाउन सुरुवात देखि उत्पादनको विक्री वितरण तथा प्रशोधन र उपभोग सम्म आई पुग्दाका समयमा मल, बिउ र अन्य आधारभूत वस्तुहरूको अभाव लगायतका अनगिन्ती समस्याका बाबजुद प्रकृतिसङ पौठेजोरी खेल्दै नेपाली कृषकले कृषि कर्मलाई निरन्तरता दिर्दै आएका छन् ।

आयातित बिउबाट उत्पादक कृषकहरू ठगिनु पर्ने नियति वर्षेनी दोहोरिँदै आएको छ । तराई तथा भित्री मधेसका लागि सिफारिस गरिएको म्थ् २८ धानको बिउ एग्रोभेटहरुले काठमाडौँ उपत्यका नगैस्फटिका कृषकलाई बिक्री वितरण गरेका कारण यस वर्ष उपत्यकाका ३ वटै जिल्लाहरू भक्तपुर, काठमाडौँ, ललितपुर उपत्यका किसानहरू मारमा परेका छन् ।

नेपालमा अधिकृत विक्रेता काष्ठमण्डप ट्रेड व्वाइन्ट, काठमाण्डौंद्धारा सिचुवान सिड कृषि विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड, सिचुवान प्रान्त चीनबाट प्राप्त डी वाई २८ नामक धानको बिउ उपत्यकाका विभिन्न एग्रोभेटहरु मार्फत किसान तहमा पुगी किसानहरूले लगाएको करिब २००० रोपनी भन्दा बढी धान वाली दाना नलागेकोले किसानहरूमा परिवार पाल्ने र तल्सिङलाई भर्ने अन्न कहाँबाट जोहो गर्ने भन्ने पिडा थुपरीएको छ ।

भक्तप्रदको चाँगुनारायण नगरपालिकाको सेराफाँट, तौथली र गैरीगाँउ फाँटमा लगाइएको DY २८ हाइब्रिड धानमा वाला निस्किएको तर दूध नपसी दाना लागेको अवस्था छैन भने यसै गरी भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं। १ र ४०मध्यपुर ठिमी नगरपालिकाका धान खेतमा पनि दाना नलाग्ने समस्या देखिएको छ ।

त्यसै गरी काठमाण्डौं जिल्लाको शंखरापुर नगरपालिकाको साँखु फाँट, तारकेश्वर नगरपालिकाको साङ्ला फाँट, चन्द्रागिरि नगरपालिकाको बलम्बु फाँट, टोखा नगरपालिकाको झोर फाँट, दक्षिणकाली नगरपालिकाको प्वाकल फाँट, बुढानीलकण्ठ नगरपालिकाको विष्णुमती फाँट, त्यसै गरी ललितपुर जिल्लाको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका किसानहरूले सोही नियति भोग्न पुगेका छन्।

यसबाट कृषकहरूले लाखौँ रुपैयाँको क्षति व्यहोर्न परेको छ । माना रोपी वर्ष दिनसम्म स्याहार गरी मुरी भित्र्याउने समयमा धानमा गेडा नलाग्दा कृषक निरास भएका छन् । वर्ष भरी खानको लागि लगाएको धान बाली नोक्सान हुँदा परिवारलाई के खुवाउने र कसरी जीविका चलाउने मात्र होइन साहुलाई कुत कसरी भर्ने भन्ने चिन्ताले कृषकहरू छटपटाई रहेको अवस्था छ ।

हलोखबर डट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय