
अस्ति अर्थात फागुन ५ गते, विभिन्न कार्यक्रमहरुको चाप अनी एग्रो टाइम्सको फागुन अंकको डिजाइन, कामको प्रेसर अली बढी नै थियो, हतार हतार दिउसो साढे ३ बजेको हुँदो हो, प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय कृषक समूह महासंघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन चलेको समयमा म पनि पुग्न भ्याँए, पछाडी बसेर कार्यक्रम भैरहेको र वक्ताहरुको शुभकामना र सुझाव समेतका मन्तव्य भन्ने पालो थियो, पछाडी कसैले भन्दै थियो, यसै क्रममा म पुगेको समयमा नै संयोगले यसै महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीको बोल्ने पालो नै थियो क्यार, सोही मन्तव्य भएकै समयमा एउटा अली मलिन स्वरमा पछाडीबाटै आवाज आयो, अबको नेतृत्व चाँहि पाका किसान र किसान आन्दोलनमा समेत अब्बल पन्चकाजी श्रेष्ठ नै अबको अध्यक्ष हुनुपर्छ भनेर । हो, ठ्याक्कै राष्ट्रिय कृषक समूह महासंघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले त्यहि मलिन आवाजको समर्थन पाएछ अर्थात पंचकाजी श्रेष्ठको नेतृत्वमा राष्ट्रिय कृषक समूह महासंघ, नेपाल नयाँ कार्यसमिति चयन गरेको छ ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल नयाँ कार्यसमिति यस्तो छ
उपाध्यक्षहरुमा
कोशी प्रदेश : गणेश प्रसाद पोखरेल
मधेश प्रदेश : बलीराम शाह
बागमती प्रदेश : अनिता बस्नेत
गण्डकी प्रदेश : चित्रनाथ पौडेल
लुम्बिनी प्रदेश : कुमारी चौधरी
कर्णाली प्रदेश : नवीन सिंह मडेल
सुदुरपश्चिम प्रदेश : गिरीराज शर्मा
महासचिवमा : महानन्द सापकोटा
सचिवमा : लक्ष्मी भण्डारी
कोषध्यक्षमा : गीता भुजेल
विभिन्न प्रदेशबाट निर्वाचित सदस्यहरुमा
कोशी प्रदेश बाट : राधा निरौला विष्णु प्रसाद दुलाल
मधेश प्रदेश बाट : सुजिता देवी रमेश कुमार शाह
बागमती प्रदेश बाट : मिरा शाह राम प्रसाद गौतम
लुम्बिनी प्रदेश बाट : शान्ता न्यौपाने ,खनाल कुमार शाही
गण्डकी प्रदेश बाट : ज्ञानु भण्डारी , ध्रुव प्रसाद खनाल,
कर्णाली प्रदेश बाट : लिलावती ढकाल , मोती राम अधिकारी
सुदुरपश्चिम प्रदेश बाट : रेवन्ती बोहरा र पूर्ण सिं साउद
समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरु
समावेशी क्षेत्र महिला /पुरुष दलितबाट :सिर्जना विक., राम कृष्ण नेपाली
आदिवासी जनजातिबाट :
लुना थापा, पार्वती सारु मगर, लक्ष्मी कुमारी चौधरी, कमल बहादुर गुरुङ्ग, रवीन्द्र लाल माझी
मधेशी कोटामा
कविता देवी महत्तो, बबिता देवी, जोगानन्द प्रसाद कलवार
थारु कोटाबाट
विमला देवी चौधरी, मुस्लिमबाट रसीद खान
खुल्ला रुपमा निर्वाचित सदस्यहरुमा
रमा ढुगान, उषा खत्री, नारद निरौला, गणेश सापकोटा, गणेश विष्ट
लेखा समितिको संयोजकमा
सुरेन्द्र गिरी
सदस्यमा
दुर्गा प्रसाद भुर्तेल
पंचकाजी श्रेष्ठको नेतृत्वको राष्ट्रिय कृषक समूह महासंघ, नेपालको नयाँ कार्यसमिति सबैमा शुभकामना ।