
काठमाडौँ । विश्व प्रकृति संरक्षण नेपालको ९ सदस्यीय कार्यसमिति चयन भएको छ । तिलक ढकालको अध्यक्षतामा विश्व प्रकृति संरक्षण नेपालको ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा गौरी मालाकार, सचिवमा राईबहादुर राई र कोषाध्यक्षमा सुशीला नेपाली चयन भएका छन् । यस्तै सदस्यमा कृष्णलाल चौधरी, अनिलसिंह बस्नेत, योगेश्वर राई, गीता गुरुङ कार्की र हरिनारायण त्रिपाठी रहेका छन् ।
विश्व प्रकृति संरक्षण नेपाल एक गैरसरकारी संस्था हो । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागितामा संस्था स्थापना भएको छ । काठमाडौंको महाराजगञ्जमा यसको केन्द्रीय कार्यालय रही नेपालभरि नै कार्यक्षत्र रहेको छ । यसले आफ्नो स्थापनकालदेखि अध्ययन, अनुसन्धान, क्षमता विकास, योजना तथा रणनैतिक योजना तयारी, पर्यापर्यटन प्रवर्द्धन, रैथाने संरक्षण, जैविक विविधता संरक्षण आदि क्षत्रमा कार्य गर्दै आइरहेको छ ।