चर्चित

अशिम सापकोटा

नेपालको मुख्य निर्यातक बालीको रुपमा परीचित तथा अन्तराष्ट्रिय बजारमा समेत बर्चस्व कायम गर्न सफल नेपाली कफीको विस्तार हुने क्रम बढ्दो क्रममै छ । कफी किसानलाई संरक्षण र प्रोत्साहन व्यवसायिक कफी उत्पादनमा युवाको योगदान भन्ने नारा सहित १७ औँ राष्ट्रिय कफी दिवस मनाइदैछ । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरुको राष्ट्रिय पर्वका रुपमा रहेको राष्ट्रिय कफी दिवश हरेक बर्ष मंसिर १ गते मनाउने गरीएको छ ।
कफी विज्ञ तथा अनुसन्धानकर्ताहरुले नेपालमा कफी पर्यटनको पनि ठूलो सम्भावना रहेको औँल्याएको बेला अझै कफीको सम्भावना बृहत्तर बन्दैछ, नेपालले कफी खेतीको प्रवद्र्धन गरेर ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना समेत रहेको छ, यसका अलवा नेपालमा समेत कफी कल्चरको विकास तिब्र रुपमा अगाडी बढिरहदा रोजगारको सम्भावना रहन्छ नै, साथै कफी किसानहरुलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्तालाई आकर्षण गरी सिमित क्षेत्रमा गरीँदै आएको कफी खेतीलाई कफी स्टेटको रुपमा रुपान्तरण गर्न सकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रमुखताका साथ अगाडी बढाएको बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु भट्टराईले पत्रकार सम्मेलनमा बताए, साथै भट्टराईले तिनै तहका सरकारको बिचमा एकिकृत कार्यक्रमको अवधारणा अगाडी बढाँउदै उत्पादित केन्द्रित कार्यक्रमहरु संचालन गर्न स्थानिय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने, व्यवसायिक फर्महरु विस्तार, साना तथा मझौला प्रशोधन उद्योग स्थापना तथा प्रवद्र्धन कार्यहरुमा प्रदेश सरकारबाट कार्यक्रमहरु संचालन गर्ने र ठुला प्रशोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण प्रवद्र्धन तथा नितीगत कार्यहरुमा बोर्डको उल्लेखनीय भुमीका रहने कुरा समेत प्रष्ट पारे ।

आयातित कफीले स्थानीय कफीको बजार बिगारिरहेका छन् । आयातित कफीलाई नेपाली कफी भनेर ब्रान्डिङ गरी बजारमा ल्याउने प्रवृत्तिका कारण कफी उत्पादकले उचित मूल्य पाउन कठिन भएको छ, हाम्रो देशका कफी पारखी उपभोक्तालाई समेत कफीको गुणस्तर र उपभोगमा केन्द्रित गराँउदै नेपाली ब्राण्डको कफीलाई हरेक कफी स्टेशन वा कफी पसलले छुट्टै राख्नुपर्ने र कफी व्यवसायीहरुले यसको बारेमा सहि जानकारी गराउनुपर्ने कुरामा जोड दिदैछन्, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपनिर्देशक डा. लक्ष्यमण पोख्रेल । डा. पोख्रेलले हरेक कफीमा संलग्न व्यवसायीले इमान्दारीपुर्वक नेपाली कफीलाई प्रवद्र्धन गर्नेहो भने स्वदेशमै ‘मेत नेपाली कफीको अत्यधिक खपत हुने कुरा आँल्याए, साथै नेपालमा रहेका विभिन्न कफीसँग सम्बन्धित सप तथा क्याफेलाई नेपाली कफीको ब्राण्डिङको लागि सहजीकरण गराउन समेत आँफुहरुले सहयोग गर्ने कुरा बताए ।

सरकारी स्तरबाट जंगलको केही भूभाग कबुलियती वन तथा सामुदायिक वनस्वरूप स्थानीयलाई हस्तान्तरण गर्दा कफी खेती गर्न बढी जोड दिँदा कफीको उत्पादन पनि बढ्ने, स्थानीयको आम्दानीको स्रोत पनि सुदृढ हुने र जंगलको घनत्वलाई पनि असर नगर्ने देखिन्छ । साथै कफीको लागि छहारी बोटहरु रोपण गर्दा पर्यावरणीय हिसाबले पनि अत्ति उत्तम हुन्छ । नेपालको कफी गुणस्तरीय हुने भएकोले विदेशी तथा स्वदेशी पर्यटक आकर्षित हुने गर्दछन् । यसै स्वरूप देशमा एग्रो–टुरिजमको विकास हुने र समस्त देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय