चर्चित

होमस्टे महासंघ नेपाल र नेपाल युवा परिषद  बिच युवाहरु माझ होमस्टे कसरी प्रचारप्रसार गर्ने, स्थानीय तथा रैथाने खानेकुराहरुको संरक्षण, प्रबद्र्धनमा युवाहरुको सहभागीतालाई अझ बढाएर लैजाने जस्ता कुराहरु बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
नेपाल युवा परिषदको तर्फबाट महासचिव रचना खरेल र होमस्टे महासंघ नेपालको तर्फबाट सचिव गंगादेवी हायजुले सम्झौता पत्र आदनप्रदान गरेका थिए । ७ बुदाँमा तयार पारेको समझदारी पत्रमा दुवै संस्था एक्येबद्ध भई युवाहरुलाई होमस्टे व्यवसायमा कसरी आर्कर्षित गर्न सकिन्छ, युवाहरु माझ होमस्टे कसरी प्रचारप्रसार गर्ने, स्थानीय तथा रैथाने खानेकुराहरुको संरक्षण, प्रबद्र्धनमा युवाहरुको सहभागीतालाई अझ बढाएर लैजाने जस्ता कुराहरु समावेश गरिएको छ । एकतिर दैनिक हजारौंको संख्यामा युवाहरु नेपालमा अवसरहरु नदेखेर बैदेशकि भुमिमा जानु अर्कातिर नेपालमा प्रचुर सम्भावना बोकेको होमस्टेलाई नेपाली युवाहरुले नदेखि रहेको अवस्थामा नेपाल युवा परिषद र होमस्टे महासंघ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बिशेषत परम्परागत ज्ञान र सिपमा आधारित कला संस्कृति तथा प्रविधिहरुको खोज तथा अनुशन्धान गरी अभिलेखिकरण राख्ने सम्मको कार्य दुबै संस्था मिलि गर्ने भनि उल्लेख गरिएको कुरा नेपाल युवा परिषदका महासचिव रचना खरेलले बताइन् । यसले युवाहरुमा थप नयाँ ज्ञान तथा सीप हस्तान्तरण हुने र आन्तरीक पर्यटन समेत नयाँ तवरबाट प्रचारप्रसार हुने कुरा समेत व्यक्त गरीन् । महासंघका बरिष्ठ उपाध्यक्ष बाबुराजा महर्जनले यो समझदारीले कुनै एउटा कार्यक्रमको लागि मात्र भन्दा पनि ५ बर्ष सम्म दिगो रणनितिका कार्यहरु समेत गर्ने गरी दुबै संस्था एक साझा मंचमा उभिएको र आगामी दिनहरुमा अझै राम्राराम्रा कार्यक्रमहरु ल्याउने समेत बताए ।
महासंघका सल्लाहाकार एवं रैथाने एग्रि प्रडक्ट्सका अध्यक्ष तिलक ढकालले दुबै संस्था बिच स्थानीय स्तरमा रहेको रैथाने खाना तथा परिकारहरुलाई संरक्षण एवं संवद्र्धन गर्ने गरी समझदारी हुनुले नेपालको रैथाने खाने कुराहरुको संरक्षण तथा प्रबद्र्धन नयाँ कोशोढुङ्गा सावित हुने कुरा राखे । यस्तै महासंघका सल्लाहाकार एवं पर्यटन वोर्डका समेत पूर्व बोर्ड सदस्य कृष्ण कुमार अर्यालले समेत यो सम्झौताले आगामी दिनहरुमा पर्यटन तथा रैथाने खाना संरक्षणमा निकै ठुलो काम गर्ने र युवाहरुलाई परिचालन गरी प्रचारप्रसार समेत हुने कुरामा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय