
डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा यस सहकारीबाट सञ्चालित उद्योग डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स का संयोजक दीपक चन्द्र गौतम र युनाइटेड नेचर इन्टरनेसनल पिस (युनिपुन) नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष तथा यस सहकारीका शेयर सदस्य, शुभचिन्तक एवं सल्लाहकार डा. राजु लामा पि. कोन्दन संयुक्त राष्ट्र विश्व शान्ति संघ (United Nation World Peace Association) द्वारा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान प्रस्थान गर्नुभएको छ।
“मौनताविरुद्ध एक मन (One Heart Against Silence)” भन्ने नारा सहितको यो अन्तर्राष्ट्रिय सम्मेलन यही अक्टोबर ११, १२ र १३, २०२५ मा जापानको राजधानी Tokyo मा सम्पन्न हुँदैछ।
विश्व शान्तिका लागि समर्पित यस महत्वपूर्ण सम्मेलनमा संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्ष दीपक चन्द्र गौतम र डा. राजु लामा पि. कोन्दनज्यू सहभागी हुन लाग्नुभएको यस अवसरमा डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार उहाँहरूको सफल सहभागिता, कार्यक्रमको उत्कृष्ट सफलता तथा सुखद यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछ।
डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार