रचना : सुशील आचार्य
तारकेश्वर ५ गोलढुङ्गा काठमाडौँ
(१४) खेतमा धान
रोपेपछि हजुर
बढ्छ सान
(१५) लेराऊ छ्वाली
बिउ बाँध्नु पर्दछ
राख है आली
असार आयो
किसानको मन त
कस्तो रमायो
असार पन्ध्र
खेत रोप्दै किसान
मान्ने आनन्द
झरी पर्या छ
किसान खेत जान
अघि सऱ्या छ
खेतमा पानी
रोपाइमा किसान
अन्त नजानी
कोदाली ल्याउ
पानी रोक्न खेतमा
आली लगाउ
पानी दर्केर
बाउसे नै क्या राम्रो
हेर फर्केर
पानी र हिलो
रोपाइँ गर्न लाई
नगर ढिलो
धानको बिउ
रोप है रोपेहार
झुकाई जिउ
खेतको आली
राम्रो फलोस धान
ल है यो पाली
घुम ओढेर
रोपाइँ मै छन् व्यस्त
अरू छोडेर
चिउरा दही
खाउ है त अचार
ल खुशी भई
लाठे रोपार
अति व्यस्त छन् है
लाग्दा असार
क्या भाग्यमानी
गाउँ छोडी किसान
अन्त नजानी









