कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषितर्फका सचिवमा गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको हो।लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले डा.निरु दाहाल पाण्डे, दीपक खराल र डा.शर्माको नाम सिफारिस गरेको थियो ।









