तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आआफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ साथै देउसी भैलोको रौनक त झनै मज्जा र बेग्लै छ, लामो समयदेखी काठमाडौँबाट कृषि क्षेत्रको पत्रकारीता गरीरहेका अशिम सापकोटाले, लोक भजन गायक लोकेन्द्र सापकोटा, कलाकार श्रृष्टि सापकोटा र जमुना सापकोटा तिवारीको समेत सहकार्यमा तिहार विशेष देउसीभैलो अर्थात तिहारै आयो.. देउसीभैलो गित ल्याएका छन् ।
हाम्रो संगित अनलाइन प्रस्तुतीमा ल्याइएको तिहारै आयो .. देउसी भैलो गितमा अशिम सापकोटा, लोकेन्द्र सापकोटा, श्रृष्टि सापकोटा र जमुना सापकोटा तिवारीले स्वर दिएका छन् । बिशेष गरी तिहारको देउसीभैलो बलीराजाको हुकुमैले खेल्दै आइआएको प्रचलन छ, चाहे प्रचलन जसरी आओस देउसी भैलोको आफ्नै रौनक छ, साथीभाई जम्मा भएर सामुहिकतामा खेलिने देउसीभैलोको मह्त्व बैग्लै छ नेपाली समाजमा । यस गितले पनि यस्तै संस्कार, परम्परा र रीतिरीवाजको जगेर्ना गरौँ, हाम्रा पुस्ताहरुमा पनि यस्ता कुरा हस्तान्तरण गर्दै जानुपर्छ, रमाइलोसँगै हामीले हाम्रा रीतिरीवाज समेत जगेर्ना गर्नुपर्छ भन्ने मुलभाव समेत यो गितले बोकेको छ ।
पुरै गित हेर्नका लागि यो लिँकमा क्लिक गर्न सक्नुहुन्छ ।









