अशिम सापकोटा
भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ६ मा करीब २५० रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा दाना नलागेपछि कृषक चिन्तित बनेका छन् । नगरकोटको तल्लो भेगमा भएका विभिन्न फाँटमा लगाइएको धानबाली भित्र्याउने समयमा दाना नभएपछि कृषकहरू चिन्तित बनेका हुन् । चाइनिज डि वाई २८ जातको हाइब्रिड धानमा दाना नलाग्ने समस्या देखिएको कृषकहरूको भनाइ छ, त्यसो त धानबालीमा बाला नलागेको र पुष्ट दाना नफलेको यो पहिलो रेकर्ड अवश्य होइन, हरेक बर्ष नेपालमा यस्ता समस्या आँउने गरेका छन्, र सरकारबाट यसमा चासो भए पनि यसको भरपर्दो समाधान भने खोज्न नसकेको स्पष्ट देख्न सकिन्छ । भक्तपुर र साँखुबाट ल्याइएको चाइनिज डि वाई २८ जातको हाइब्रिड धानमा बाला नलागेको र बाला लागे पनि धान नझुलेको अर्थात पोटीलो दाना नभएको किसान बिजय लामाको भनाई छ, किसानले राम्रो धानको बिउ माग्दा एग्रोभेटको अबुझ वा लापरबाहीको कारणले किसानहरु मारमा परेको समेत लामाको भनाई छ ।

नगरकोटको सेराफाँटमा करीब ७० घरधुरीका किसान, गैरीगाँउ फाँटमा ५० घरधुरी र तौथली फाँटमा समेत करीब १०० घरधुरीका किसानको करीब २२० घरधुरीका किसानले यो समस्या भोग्नुपरेको छ । यति धेरै घरधुरीको यहि धानबालीबाट गर्जो टरेको थियो, र यो बर्ष अनिकाल लाग्न सक्ने समेत पिडित किसानको मुहारले स्पष्ट बोल्छ । खेतमा लगाइएको धानबालीमा दाना लागेको छैन । ‘रोपाइँ गरेर गोडमेल गर्दासम्म खेतालाहरूको खर्च मात्रै, काट्ने वेला धानमा दाना छैन, अब परिवार कसरी पाल्ने ठूलो चिन्ता परेका किसानहरु सयौँ भए, करीब २०० रोपनी भन्दा बढी क्षेत्रफलमा यो समस्या आएको समेत पिडित लामाको भनाई छ । बाला लागेको देखिए पनि कुनै ठाँउमा थोरै फलेको जस्तो देखिएको छ, स्थानिय सरकार र सरोकारवालाले यहाँनेर खासै चासो नदेखाएको अवस्था छ, किनकि यो समस्या आईसकेपछि तुरुन्तै उहाँहरु आएर यहाका किसानको सम्बोधन गर्नुपर्नेमा खासै चासो देखाएको देखिएको छैन् । अब किसानको माग सम्बन्धित निकायले तुरुन्त सम्बोधन गरी क्षतीपुर्ती तुरुन्तै दिएर समाधान गर्नुपर्ने र किसानलाई मर्कामा पार्ने एग्रोभेटलाई कारबाही गर्नुपर्ने समेत लामाको माग छ ।

किसानले खेतमा रोपेको धानमा काट्ने बेला हुँदा पनि बाला लागेन, उनीहरूले विभिन्न बिउ पसलबाट डि वाई २८ नामक धानको बिउ खरिद गरेका थिए । राष्ट्रिय कृषक समुह महासंघका भक्तपुर जिल्ला अध्यक्ष टेक बहादुर लाखाँजुले भने प्रमुख कारण त बिउ नै हो र अर्को कारण यो ठाँउका फाँटहरु उत्तरी क्षेत्र फर्केका हुनाले धान रोप्ने समयमा नै ढिला भएकोले पनि यस्तो हुन सक्ने कुरा आँकलन गर्नुभयो यसमा गल्ती सरकारको पनि र एग्रोभेटको समेत भएको लाखाँजुले औँल्याए ।
मज्जाले बिगतका बर्षमा यहि खेतबाट २० मुरी धान फलाँउदै आएकि सुन्तली श्रेष्ठको धानमा बाला नलागेको पिडाले एकदमै आक्रोसित नै बनायो, धान ननुघेको र बाला नै नलागेको पिरलोले उहाँजस्ता सयौँ किसानलाई यो बर्षभरी नै पिरोल्नेछ, बर्षभरी के खाने भनेर, रोपाँइमा मात्रै २० हजार खर्च भएको उहाँको, त्यस्तो बिउ बेच्ने एग्रोभेटलाई तुरुन्तै कारबाही गर्नुपर्ने उहाँको माग छ । धानको राम्रो बिउ नदिएको कारण नै यस्तो समस्या आएको उहाँको स्पष्ट भनाई छ । सरकारले रासन बापतको क्षतिपुर्ती समेत दिनुपर्ने उहाँको माग छ ।

आफूहरूले धानमा देखिएको समस्याका बारेमा जानकारी गराउँदा पनि कृषकको पिरमर्का बुझ्न कुनै निकायबाट प्राविधिकहरू नआएको यहाँका किसानहरुको गुनासो छ, यहि खेतबाट १ बर्षसम्म खाइनसक्नु अर्थात २० मुरी फल्ने खेतमा बाला नलाग्ने र बाला नझुलेको कारण पिडित किसान रितु तामाङ बताउनुहुन्छ्, यसमा खास गल्ती एग्रोभेटकै रहेको र यस्तो बिउ बेच्नेलाई सरकारले कारबाही समेत गर्नुपर्ने उहाँको समेत माग छ ।
६ रोपनी क्षेत्रफलमा धान लगाएका सन्तबिर केसीलाई यहि समस्याले पिरोलेको छ, २५ मुरी भन्दा फल्ने यो खेतमा बिउकै कारणले समस्या आएको उहाँको महसुस छ, लगानी प्रशस्तै भएको र धानमा बाला नलागेपछि दुख लाग्नु स्वभाविक त हो नै, बिउ ल्याएको एग्रोभेटलाई कारबाही गरी सरकारबाट यो बर्षको लागि सबै किसानलाई क्षतीपुर्ती दिनुपर्ने उहाँको समेत माग छ ।
धानमा बाला नलाग्ने र बिग्रिएको कारण यहाँका सयौँ घरधुरीका किसानको समस्या हो यो, ५ जनाको परीवारलाई बर्षभरी नै खाना पुग्थ्यो, राम बहादुर नगरकोटीको परीवारलाई तर यो बर्ष उहाँलाई बर्षभरी कसरी परीवार पाल्ने भन्ने पिरलो परीसकेको छ, २० मुरी धान फल्ने खेतमा यो समस्या आएपछि दोषी एग्रोभेटलाई कारबाही गर्नुपर्ने उहाँको माग छ ।
किसानको चेतना नभएको कारणले पनि हुन सक्छ, य डिवाई २८ एग्रोभेटबाट र खुमल ८ खुमलटारबाट ल्ःयाएको बिउमा समस्या देखिएको राष्ट्रिय कृषक समुह महासंघ चाँगुनारायण नगर कमिटी अध्यक्ष लक्ष्मी भण्डारीले बताउनुभयो, यो ठाँउको लागि सिफारीस हो कि होइन् भन्ने कुरामा एग्रोभेट चनाखो भएको भए यो समस्या नआउने र यसमा खासमा चाँहि एग्रोभेटकै लापरबाही भएको भनाई समेत उहाँको छ साथै किसानलाई क्षतीपुर्ती समेत दिलाउन महासंघले यो बिषयलाई गम्भिर रुपमा लिएको समेत भण्डारीले बताउनुभयो ।

धानबालीमा देखिएको समस्याका विषयमा कृषकहरूले सम्बन्धित कार्यालयलाई मौखीक रुपमा जानकारी गराए पनि चासो नलिएको पाइएको छ । यहि ठाँउमा अवलोकन गर्न गएकि राष्ट्रिय कृषक समुह महासंघकि बागमती प्रदेश उपाध्यक्ष मिरा शाहलाई चाँहि हामीले रैथाने बिउहरुलाई त्यागेर हाइब्रिड धान रोज्नुको कारण पनि यस्तो भएको महसुस छ, बढी उत्पादन गर्ने होडबाजीमा यस्ता हाइब्रिड धान किसानको रोजाइमा परेको छ, तर बिगतका बर्षमा चाँहि यो समस्या थिएन यहाँ, बिउमा मिसावट वा गुणस्तरहिन बिउकै कारण यस्तो समस्या अन्य ठाँउमा समेत भएको शाह बताउनुहुन्छ । यसमा गल्ती गर्ने एग्रोभेटलाई कारबाही गराउन र पिडित किसानलाई क्षतिपुर्ती दिलाउन महासंघबाट आँफुहरुले आवाज उठाइरहने समेत शाहको निचोड थियो ।
भित्र्याउने समयमा धानमा दाना नलागेको विषयमा कृषकहरूबाट जानकारी पाएर खेतमै गएर अवलोकन गर्ने जो कोहीलाई दुख लाग्छ नै, किसान आँफैले पनि पढेर वा बुझेर बिउ किन्नुपर्छ, तराई तथा भित्रि मधेशमा सिफारीस गरीएको डिवाई २८ जातको धानको यो बिउ यहाँ कसरी बिक्रि भएको छ, यसमा एग्रोभेटको कमजोरी छ नै, साथै सरकारका निकायहरुले समेत यसमा खासै चासो नदेखाएको महसुस समेत भएको छ खाधका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीलाई । यो भन्दा अगाडी पनि यस्ता घटनाहरु विभिन्न ठाँउमा घटेका थिए, संसदमा समेत बिषय उठ्दा पनि किन सम्बोधन हुँदैन र सरकार गम्भिर रहनुपर्ने अधिकारीको भनाई छ ।
स्थानिय सरकार, प्रदेश तथा संघका सम्बन्धित निकायका कार्यालयहरुले तुरुन्तै यस किषयमा सम्बोधन गर्नुपर्ने देखिन्छ, खाध सुरक्षामा धानको महत्व एकदमै धेरै छ, साथै शिक्षा स्वास्थ्य लगायतका क्षेत्रलाई समेत धानले प्रतक्ष्य असर पार्न सक्ने भएकोले धान बिग्रेको यो समयमा सरकारले अभिभावकत्व लिनुपर्ने समेत उद्धव अधिकारीको भनाई छ, आफ्नै देशमा उन्नत जातका धानहरु उन्मोचन गर्ने र गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने माग समेत खाधका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको छ ।

कृषि र कृषकसँग प्रत्यक्ष जोडिने निकायका रूपमा रहेका सरकारी कार्यालयहरुले यतातिर ध्यान दिन नसक्दा र चासो नदिदा किसानहरु निराश बन्नु स्वभाविक हो, राष्ट्रिय कृषक समुह महासंका अध्यक्ष नवराज बस्नेतले यो बिषयलाई महासंघले ठुलो समस्या देखेर उपस्थिती जनाएको बताउनुभएको छ । बिगतका बर्षमा यहाँका विभिन्न फाँटमा लहलह धानका बाला झुलेका देखिन्थे यति बेला तर यो बर्ष किसानमा निराश मात्र छ, यहाँका विभिन्न फाँटमा डिवाई २८ जातको धानको बिउ लगाएका किसानको यो समस्या आएको छ, धानमा बाला नलाग्ने र बाला लागेको धानमा पनि दाना नभएको पाइएको छ । आधिकारीक निकायलाई मौखिक रुपमा जानकारी गराँउदा पनि चासो नलिएको पाइएको छैन् । किसानको अधिकार खोजी गर्ने र पिडित किसानलाई मलम लगाउने र सरकारलाई ध्यानाकर्षण गर्ने कुरामा महासंघले भुमीका खेल्ने अध्यक्ष बस्नेत ले बताउनुभयो ।
डिवाई २८ हाइब्रिड जातको धानमा बाला नलागेपछि नगरकोट फाँटका किसानको लगानी खेर गएको छ । गत वर्ष राम्रै फलेको थियो तर यसवर्ष बाला नलाग्दा किसानको लगानी डुबेको छ । धानमा बाला नलागेको समस्या लिएर यहाँका सबै किसानले क्षतिपूर्तिको माग गरेका छन् सरकारसँग, सयौँँको परीवारको खर्च यी फाँटमा फल्ने धानले धानेको थियो, तर यो बर्ष त्यो अवस्था रहेन, यस्तो बिउ बिक्रि गर्ने एग्रोभेटलाई कारबाही गर्नुपर्ने र तुरुन्तै किसनलाई क्षतिपुर्ती दिनलाई समेत आग्रह गर्दै हुनुहुन्छ महासंघका अध्यक्ष नवराज बस्नेत ।
भित्र्याउने समयमा धानमा दाना नलाग्दा किसानलाई अवश्य पिडा छ, यो धान लगाउँदा यस वर्ष सयौँ किसानको मिहिनेत र लगानी खेर गएको छ, तराई र भित्रि मदेशमा सिफारीस गरीएको डिवाई २८ हाइब्रिड जातको धान यो ठाँउका किसानलाई लक्षित गरी एग्रोभेटले किन र कसरी किसानलाई बिक्रि गर्यो यो सबैको लागि जिज्ञासाको बिषय बनेको छ, तर जे भए पनि समस्या आइसक्यो, यो ठाँउमा सिफारीस नै नभएको यस्तो धानको बिउ बेच्ने एग्रोभेटलाई कारबाहीको दायरामा ल्याउन र सयौँ परीवारको मुखको माड खोसिएको समयमा सरकारले तुरुन्तै पिडित किसानको सहि तथ्यांक संकलन गरी पिडितलाई तत्कालै क्षतिपुर्ती दिलाउन सक्नुपर्छ ।









