चर्चित

कृषि अनुदान कर्जामा साना कृषकहरुको पहुँच बृद्धि गर्नको लागि विगत १५ बर्षदेखी संचालमा आइरहेको अर्गानिक नेपाल सहकारी संस्था लि. ले विभिन्न बाणिज्य बैँकहरुसँग समन्वय गरी किसानलाई सहुलियतपूर्ण कर्जाको सहज पहुँच बनाइरहेको छ, संस्थाको १४ औँ साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले युवाहरुलाई रोजगारसँग जोड्दै लैजाने समेत बताउनुभयो, संस्थाले राष्ट्रिय वाणिज्य बैँक, कृषि विकास बैँक, ग्लोबल आईएमई बैंक, सनराइज बैँक, राष्ट्रिय सहकारी बैँक लगायतका बित्तिय संस्थासँग सहकार्य गरेर सहुलियतपुर्ण कर्जा किसानमाझ पुर्याइरहेको छ । दशैभरी कार्यक्षेत्र भएको सहकारी संस्थाले सुरुवातदेखी नै अर्गानिक कृषिको उत्पादन र प्रवद्र्धनमा जोड दिइरहेको छ । संस्थाले यसै बर्षबाट अर्गानिक कृषि मार्ट पनि यसै बर्षबाट ल्याउदैछ, किसानका उत्पादन सहकारी संस्थाले खरीद गर्ने र विक्रिवितरण मार्ट मार्फत नै गर्ने प्रवन्ध पनि मिलाउन लागिएको छ ।


देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा देखिएको विषादी अवशेषको मात्रा सामाजिक र राजनीतिक दुवै वृत्तमा ठूलो चासोको विषय बनिरहेकै छ सधैजसो, यसको सहि विकल्पका रूपमा अर्गानिक कृषि प्रणाली नै हुनसक्ने देखिन्छ, सुरुवातदेखी नै अर्गानिक नेपाल कृषि सहकारी संस्थाले अर्गानिक कृषि खेती पद्धतीलाई जोड दिँदै आएको छ, देशैभरी कार्यक्षेत्र भएको संस्थाले कृषकलाई अर्गानिक खेती प्रविधि समेत उपलब्ध गराउँदै किसानलाई सहुलियतपुर्ण कर्जा समेत उपलब्ध गराएको जानकरी गराउदै हुनुहुन्छ संस्थाका सचिव सुरेन्द्र गिरी ।


अर्गानिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दै गइरहेको छ  । हाम्रो देशमा अर्गानिक कृषि प्रणाली अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदाहुँदै पनि यस्तो कृषि प्रणाली स्थापित गर्न केही चुनौतीहरु पनि देखिन्छन् तर अर्गानिक नेपाल सहकारी संस्थाले किसानलाई जैविक खेती पद्धतीका विकल्पहरु उपलब्ध गराँउदै किसानका बजारलाई समेत सुनिश्चित गर्न लागेको कुरा साट्दै हुनुहुन्छ संस्थाका जनसम्पर्क अधिकृत डिबी कार्की । कार्कीले किसानलाई सहि मुल्य दिएर सहकारीले खरीद गर्ने, किसानलाई आवश्यक परेमा सहकारीले नै सहुलियपुर्ण कर्जा उपलब्ध गराउने काम गरेकाले नै सबै किसानहरु उत्साहित हुनुभएको र उपभोक्ताले समेत यस्ता उत्पादन माग गरेकोले पनि यो अभियानले पक्कै सफल बन्ने कुरामा विश्वस्त हुनुहुन्छ अर्गानिक नेपाल सहकारी संस्थाका जनसम्पर्क अधिकृत डिबी कार्की ।

 


रासायनिकको तुलनामा अर्गानिक कृषि र उत्पादन प्रणाली अपनाउन किसानलाई सुरुमा झन्झटिलो लाग्न सक्छ, बिरुवामा खाद्य–तत्व र रोग कीरा व्यवस्थापन गर्नका लागि उपयुक्त अर्गानिक मल तथा विषादि सर्वसुलभ उपलब्ध नहुनु पनि समस्या हो, तर किसानलाई सबै विकल्प सहित प्राविधिक सेवा समेत उपलब्ध गराउदै किसानलाई सहुलियतपुर्ण कृषि कर्जा समेत उपलब्ध गराईरहेको अर्गानिक नेपाल सहकारी संस्था अर्गानिक कृषि उत्पादनमा लागिरहेको किसान र यस्ता अभियानमा लागिरहेका धेरैको लागि संवाहक समेत बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय