
कृषि उत्पादन तथा वितरणको व्यवसाय गर्ने र कृषि उपजको उत्पादन तथा व्यापार गर्ने पब्लिक कम्पनीका रुपमा स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कोरीयाका प्रविधिहरु र पद्धतीहरु आदानप्रदान गर्न तथा विभिन्न नेपालमा उत्पादित कृषि उपजहरुलाई कोरीयामा समेत बिक्रि वितरण गर्नको लागि सम्झौता गरेको छ ।
पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान भन्ने मूल नाराका साथ कृषिलाई औद्योगिकीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान पु¥याउँने लक्ष्य सस्थापना भएको राष्ट्रिय खाद्य बैंक लिंमिटेडको तर्फबाट बैँकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती तथा कोरीयाका तर्फबाट कि चेओल क्उन (ki cheol kwon) ले नेपाल र कोरीया बिचको मैत्री सम्बन्धलाई कृषि र पर्यटनसँग जोड्दै विभिन्न सहकार्यको लागि संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
कोरीयाली ज्ञान सिप प्रविधि तथा मेसिन औजार उपलब्ध गराँउदै अध्ययन अवलोकन भ्रमण गराउने, नेपालमा उत्पादित विभिन्न कृषि उपजहरुलाई कोरीयन बजारमा समेत विक्रि गर्ने लगायतका विभिन्न विषय समेटिएर हस्ताक्षर गरीएको थियो ।
नेपालको आवश्यकता र मौैलिकता बोकेर आएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको उदेश्य भनेको पैसा कमाउनेभन्दा पनि देशलाई आत्मनिर्भर बनाउने र देशमा आवश्यक पर्ने अर्गानिक खानेकुरा उत्पादनमा जोड दिई रोजगारी सिर्जना गरि जैविक विविधतालाई संरक्षण गर्दै वातावरण पनि जोगाई किसान लगाायत सबै बर्गलाई फाइदा पुर्याउने लगायतमा काम गर्ने राष्ट्रिय खाद्य बैंकले लक्ष्य लिइरहेको छ ।