चर्चित

हेर्दा धनियाँ जस्तै देखिने बहुगुणी वनस्पती हो, पार्सले । यसलाई जडिबुटीकै श्रेणीमा राखिएको छ ।यसको मुख्य २ प्रजाति हुन्छ स्एउटा पात घुम्रिने खालको अर्को इटालियन तर विश्वमा इटालियन प्रकारको पार्सले चर्चित छ। उपोश्र्ण क्षेत्र को हावापानीमा जाडो मौसममा र धेरै ठण्डा हुने ठाउमा प्राय सधै खेति गर्न सकिन्छ । पार्सले मध्य पूर्व, युरोप र अमेरिकामा खानाको स्वाद बढाउने प्रयोग हुने गर्दछ ।
नेपालमा पनि यसको सानु तिनी खेति र काठमाडौँ उपत्यकामा कोहिकसैको घरको करेसाबारी र गमलामा समेत रोप्ने गरेको देखिन्छ ्र भिटामिन ‘सी’, भिटामिन ‘ए’, ‘ बी १२’ ‘के’,ले भरिपूर्ण पार्सले स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा फोलेट, क्याल्सियम, आइरन, केरोटिन, अमिनो एसिड, फ्याटी एसिड तथा फाइबर पनि पर्याप्त मात्रामा पाइन्छ ।
पार्सलेको सेवन फोक्सो,पेट, व्लाडर तथा कलेजोको लागि राम्रो मानिन्छ ।नियमित रुपमा पार्सलेको सेवन गरेमा व्लड प्रेशर नियन्त्रित रहन्छ । यसमा रहेको फोलिक एसिड मुटुको लागि पनि फाइदाजनक मानिन्छ ।पार्सलेको चिया पिउनाले पेटको समस्या कम हुन्छ । यसले भोजन पचाउन समेत मद्दत गर्छ ।भनिन्छ, पार्सले चपाउनाले, दुर्गन्धित मुखलाई ताजा बनाउन सकिन्छ ।
राम्रो होटेलमा खानामा सजावटको रुपमा र कहिँ कहिँ राम्रो बास्ना र स्वादको लागि समेत प्रयोग गर्ने गरेको छन् ।
कृषि विज्ञ राजेन्द्र देवकोटाको फेसबुक वालबाट साभार गरीएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय