चर्चित

एग्रो टाइम्स रीसर्च सेन्टरद्धारा संचालित कृषि स्कुलको आयोजनामा २ दिने कौशी खेती तालिम सम्पन्न भएको छ । काठमाडौँमाआयोजना गरिएको २ दिने तालिम आज सम्पन्न गरीएको प्रमुख तालिम प्रशिक्षक तथा कृषि अधिकृत कृष्ण प्रसाद भट्टराईले जानकारी गराए । तालिममा काठमाडौँ उपत्यकाबाट १५ जनाले सहभागिता जनाएका थिए ।

तालिम लिनेहरुमा जुना कँडेल, लिला बिमली संग्रौला, लक्ष्मी थापा मगर ,मन्जु पुर्जा थापा मगर, नारायण श्रेष्ठ, राम श्रेष्ठ, कमला पुन, गंगा ढुङगेल थिङ, मिरा गुरुङ, माया कुमारी खत्री, छोरी मैँया महर्जन, लक्ष्मी गौतम, कमला श्रेष्ठ, मन्जु श्रेष्ठ र ऋतु सिक्रिकार रहेका थिए ।

तालिममा सह प्रशिक्षकको रुपमा रहेका नेप्सेम्याक सेवा प्रा.लि. भक्तपुर शाखाका प्रमुख बाबुराम चौलागाँईले घरबाट निस्कने फोहोरहरुलाई सहि व्यवस्थापन गर्न सके कौशी खेती गर्न घरबाटै मल उत्पादन गर्न सकिने कुरा बताउँदै घरबाट निस्कने फोहोरहरुलाई छुट्टाछुट्टै राख्नुपर्ने बताए ।

सहभागिहरुलाई कौशीमा कसरी विभिन्न खालका मौसमी तथा बेमौसमी तरकारी तथान फलफुलहरु उत्पादन गर्ने ? ग्रो व्यागको तयारी, नर्सरीमा बिरुवा राप्ने तरीका, कौशी खेतीका लागि आवश्यक सामाग्री, प्रयोग गर्ने विधि, विरुवाको हेरचाह, मल खाद दिने तरिका, काटछाँट गर्ने तरिका लगायतका बारेमा जानकारी गराइएको कृषि स्कुलका सह निर्देशक राम प्रसाद चिमोरीयाले बताए ।

फोहोर न्यूनिकरण तथा व्यवस्थापनका लागि कम्पोष्टिङ्ग करेसाबारी एवम् कौशी खेतीलाई अभियानको रुपमा निरन्तर अगााडी बढाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय