चर्चित

रसुवाको कालिका गाँउपालिका वडा नं २ मा यस क्षेत्रमा पोल्ट्रि क्षेत्रमा लागिरहेका किसानहरुलाई लक्षित गर्दै निशुल्क पोल्ट्रि तालिम सम्पन्न भएको छ । एबि पेलेट फिडको आयोजना तथा रसुवाको कालिका गाँउपालिकामा रहेको पासाङ लामु पोल्ट्रि सप्लायर्सको समन्वयमा तालिम भएकाृ थियो । यस क्षेत्रमा कुखुरापालनमा संलग्न व्यवसायिको समस्या लाई मध्यनजर गर्दै ए बि फिडका मार्केटिङ म्यानेजर राजेन्द्र मैनाली, पोल्ट्रि प्राविधिक दिपेश लामिछाने तथा पासाङ लामु पोल्ट्रि सप्लायर्सका डिलरकर्ता शिबराम लामिछानेले उक्त तालिम दिएका थिए ।


तालिममा खोर व्यवस्थापन, जैबिक सुरक्षा, खोरको सरसफाई, बु्रडिङ ब्यबस्थापन, पोस्टम्याटम, बोइलर कुखुराको सफल अभ्यासहरु, बोइलर कुखुराको महत्वपुर्ण रोगहरु , यसको नियन्त्रण गर्ने उपायहरु चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता, शारिरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपायका साथै कुखुरापालन ब्यवसायमा बायोसेक्युरिटीको महत्व बारे जानकारी गराइएको थियो । तालिममा कुखुरापालक किसानहरुलाइ निशुल्क थर्र्मोमिटर समेत वितरण गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय