चर्चित

राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवालाहरुलाई बोलाई हाल दुग्ध क्षेत्रमा देखिएका विविध समस्याका विषयमा छलफल गरेको छ । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सह-सचिव डा. रामनन्दन तिवारी, पशु सेवा विभागबाट श्याम सुन्दर यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका कृष्ण प्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष शियाराम सिंह, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

छलफलमा बोर्डका उप-कार्यकारी निर्देशक डा.बालक चौधरीले एक पेपर प्रेजन्टेसन वर्तमान समस्याका बारेमा सबैलाई जानकारी गराए । देशमा भारत नेपाल सिमाबाट अवैध रुपमा दुध तथा दुग्ध पदार्थ आयात भएकाले समस्या माथि समस्या थपिएको कुरा देखियो । अहिले लम्की डिजिजको विषयमा राज्य गम्भीर हुनु पर्‍यो, दुधको उपभोग घटेको विषयमा राज्यले दुध सेवन गर्न आम जनतालाई सुसुचित गर्नुपर्‍यो, धुलो दुध बनाएर राख्दा पुजी फ्रिज हुने हुँदा सहज रुपमा राज्यले उद्योगलाई चालु उपलब्ध गराउन सक्ने हो भने समस्या समाधान गर्न सजिलो हुनसक्छ ।

आजको दिन ४ लाख लिटर दुध बढी भएको तथ्यांक उद्योग र किसान दिएको तथ्यांकले देखाएको छ । बैठकमा राष्ट्रिय दुग्ध विकासको खारेजी गर्ने विषय सरकारको गलत कदम भएको ठहर गरेको थियो । अहिले यस्तो बेला आफू खारेजीको चपेटामा हुँदाहुँदै पनि बोर्डले छलफल गरेको विषय अत्यन्तै राम्रो भएको र यसले थोरै भए पनि उद्योगी र किसानलाई बलमपट्टी पुगेको कुरामा सबैले बोर्डलाई धन्यवाद दिए। अन्त्यमा सहसचिव तिवारीले अहिलेको वर्तमान समस्या हल गर्न मन्त्रालय हरतवरले लाग्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय