ललितपुरको इमाडोल टिकाथली क्षेत्रमा भाजु तरकारी तथा फलफुल बजार संचालनमा ल्याइएको छ । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरीगोबिन्द श्रेष्ठले उक्त कृषि बजारको उद्घाटन गरेका हुन् । नगरप्रमुख श्रेष्ठले एक जना व्यक्तीले यसरी कृषि बजार नै संचालनमा ल्याउन खोजेकोमा आँफुलाई निकै खुशी लागेका बताए ।

बिगतका बर्षहरुमा नगरपालिकाले किसानलाइ उत्पादनमा लगानी त गरेको तर किसानको बजारको समस्या भइरहेको आँफुले समेत महसुस भएको बताए । यो बजार स्थापना भएसंगै किसानको उत्पादनले बजार पाँउने निश्चित भएको र यस बजारमा बिषादी कम भएको र स्वास्थ्यमा असर नपर्ने उत्पादनहरु स्टलमा राखिनुपर्ने सुझाए ।

महालक्ष्मी नगरपालिकाकि नगर उप–प्रमुख, लक्ष्मी महर्जनले विभिन्न निति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषि बजारहरुमा सहयोग गरीरहने जानकारी दिइन्, कृषक दाजुभाइ तथा दिदी बहिनीहरुले यसरी कृषि बजार पाइसकेपछि आम्दानी गर्न र आँफुले उत्पादन महत्वपूर्ण संबाहक हुने समेत विश्वस्त दिलाइन् ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष कपिल केसीले यसरी किसानकै आसपासमा यसरी बजार संचालनमा आँउनुले कृषि र पशु क्षेत्रमा दिएका अनुदान खेर नजाने र यहाँका उत्पादनलाई यो बजारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

भाजु तरकारी तथा फलफुल बजारका प्रमुख संचालक आदि महर्जनले यो बजारले पक्कै किसान र उपभोक्ता दुवैलाई सँगै जोड्ने र यस क्षेत्रका सबै उत्पादनहरुले बजार पाँउने कुरामा आँफु विश्वस्त रहेको बताए । साथै महर्जनले १ महिनाको लागि स्टल चार्ज समेत नलिने भएकोले स्टल राख्नेहरुलाई समेत सहयोग मिल्ने बताए ।










