चर्चित

काठमाडौँ, १८ साउन । कृषि ज्ञान केन्द्र लमजुङलाई गण्डकी प्रदेशकै सर्वोत्कृष्ट कार्यालय घोषणा गरिएको छ । कृषि विकास निर्देशनालयले गरेको मूल्याङ्कनका आधारमा ज्ञान केन्द्र लमजुङलाई सर्वोत्कृष्ट कार्यालय घोषणा गरिएको हो ।

कार्यालयबाट प्रवाह हुने सेवा, सूचना प्रणाली, कार्यालय व्यवस्थापन र सेवाग्राहीले कार्यालयबाट पाउने सेवा सुविधाहरूमा कार्यालयले खेलेको भूमिकालगायतका मापदण्डलाई मूल्याङ्कनको आधार बनाइएको कृषि ज्ञान केन्द्र लमजुङका निमित्त प्रमुख मदन रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार कृषि विकास निर्देशनालयले गरेको मूल्याङ्कनका आधारमा आ. व. २०७९–०८० मा गण्डकी प्रदेश मातहतका कार्यालयहरूमध्ये कृषि ज्ञान केन्द्र लमजुङ कार्यालय सर्वोत्कृष्ट ठहर भई पुरस्कृत भएको हो ।

गत साउन १० देखि १२ गतेसम्म पोखरामा सञ्चालन भएको समीक्षा गोष्ठीमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जीसी र निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

कृषि ज्ञान केन्द्र लमजुङ यसअघि पनि प्रदेश सरकार मातहतका कार्यालयमध्ये सर्वोत्कृष्ट भई पुरस्कृत भएको थियो । कृषि ज्ञान केन्द्र लमजुङले २०७९ सालको उत्कृष्ट नमूना कार्यालय घोषणा भई नगद ३० हजार पुरस्कार जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय