काठमाडौँ, १९ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार ठूलो गोलभेँडा (नेपाली) को न्यूनतम मूल्य १ सय ६० रुपैयाँ रहेको छ ।
यस्तै सानो गोलभेँडा लोकल र टनेलको क्रमशः न्यूनतम मूल्य ७० र ९८ रुपैयाँ कायम भएको छ । समितिका अनुसार रातो आलु ४८, रातो आलु भारतीय ३६, मुडेको रातो आलु ३८ र सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ । यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, स्थानीय काउली ६०, रातो मुला ४० रुपैयाँ, सेतो मुला लोकल र हाइब्रिड क्रमशः २५ र ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ३५ रुपैयाँ केजीमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २ सय ६० रुपैयाँ, लौका ४० रुपैयाँ र हरियो धनियाँ ९० रुपैयाँ रहेको समितले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ४० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।









