चर्चित

काठमाडौँ, २० साउन । नेपालले आर्थिक वर्ष २०७९/८० मा ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले एक वर्षमा ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ ।

यस्तै, नेपालले ९ अर्ब रुपैयाँको चिया कफी, ८७ अर्ब रुपैयाँको घिउ तेल र ५ अर्ब रुपैयाँको चिनी आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालले हरेक वर्ष कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन भन्दै अर्बौँ रुपैयाँ अनुदान दिँदै आए पनि हरियो तरकारीदेखि खाद्यान्न, घिउ तेल, चिया कफीलगायतका वस्तु आयात गर्दै आएको छ ।

९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ । यस्तै, गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँभन्दा धेरैको माछा मासु भित्रिएको छ । २ अर्ब ५५ करोड रुपैयाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी र २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय