चर्चित

काठमाडौँ, २१ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ६० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ९५ रुपैयाँ कायम भएको छ ।

सानो गोलभेँडा टनेलको मूल्य आज घटेको छ । हिजो न्यूनतम् १ सय ६ रुपैयाँमा संकलन भएको गोलभेँडा आज ११ रुपैयाँले घटेको हो ।

समितिका अनुसार रातो आलु न्यूनतम् ४८, रातो आलु भारतीय ३६, मुडेको रातो आलु ४० र सेतो आलु न्यूनतम मूल्य ३६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आलुको मूल्य भने आज स्थिर रहेको छ ।

यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ४८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ ।

ल‍ोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६०, रातो मूला ३० रुपैयाँ, सेतो मूला लोकल र हाइब्रिड क्रमश: ३० र ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ४० रुपैयाँ केजीमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २ सय ७० रुपैयाँ, लौका ४० रुपैयाँ र हरियो धनिया १ सय रुपैयाँ रहेको समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ४० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ। माछाको मूल्य पनि आज स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय