बैतडी, २१ साउन । रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन बैतडीमा उत्पादन गरिएको गड्यौला मल बिक्री सुरु गरिएको छ ।
गड्यौँला मल उत्पादन केन्द्र स्थापना गरेर जिल्लाको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल बिक्री थालिएको हो ।
केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टका अनुसार सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र गड्यौँला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको छ । उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौँला मल उत्पादन भएको छ । प्रतिकेजी ४० रुपैयाँका दरले मल बिक्री भइरहेको छ ।
गड्यौँला मल उत्पादनका लागि धनगढीबाट गड्यौँला ल्याएर उत्पादनस्थलमा राखिएको थियो ।









