चर्चित

काठमाडौँ, २२ साउन । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय