चर्चित

काठमाडौँ, २३ साउन । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले आज दिनभर नै वर्षाको सम्भावना रहेको छ । यो अवस्था आगामी २-३ दिनसम्म कायम रहने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बर्दियामा पछिल्लो ६ घण्टामा मात्रै १ सय ५५ मिमि वर्षा भएको छ । जुन भारी वर्षा हो । त्यस क्षेत्रका नदीनालामा बाढी र बस्तीमा डुबानको जोखिम रहेको जलवायु तथा विपत् व्यवस्थापनविद् डा. धरेमराज उप्रेतीले बताएका छन् ।

यस्तै, सिन्धुलीको हरिहरपुर क्षेत्रमा २ सय ५ मिमि र धनुषाको बर्दिवासमा १ सय ७३ मिमि वरषा मापन गरिएको छ ।

पछिल्लो १२ घण्टाको अवस्था हेर्दा लुम्बिनी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका उत्तरी भागमा पनि भारी वर्षा भएको छ ।

सडक यातायात गर्दा वर्षा र बाढीको अवस्था र पूर्वानुमान हेरेर मात्र यात्रा गर्न डा. उप्रेतीले सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय