काठमाडौँ, २३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ६० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ९० रुपैयाँ कायम भएको छ ।
समितिका अनुसार रातो आलु न्यूनतम् ४८, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५३ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ ।
यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ३० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
समितिका अनुसार आज कालिमाटीमा २ लाख ९ सय किलो तरकारी आइपुगेको छ ।









