चर्चित

रामेछाप, २३ साउन । शैलुङ क्षेत्रका पर्यटन एवं कृषि अभियान्ता दावा सङवे शेर्पाले राष्ट्रिय याक तथा चौँँरी कृषक महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । महासंघका अध्यक्ष सोलु महाकुलुङ्गका नुरु शेर्पा विदेश जाने भएपछि शेर्पाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

एक वर्षअघि पोखरामा सम्पन्न राष्ट्रिय भेलाबाट महासचिवमा निर्वाचित रामेछापका शेर्पा चौँरीपालन, आलु तथा तरकारी खेती र शैलुङ क्षेत्रको पर्यटन प्रवर्धनमा क्रियाशील छन् । लम्पी स्किन रोगका कारण देशभरिका अन्य पशुसँगै चौँरी पनि संकटमा परेका बेला दावाले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन् ।

नेपालमा याक तथा चौँरीको संरक्षणको काम निकै महत्वपूर्ण मानिन्छ । शेर्पाले नेपालको पर्यटन प्रवर्धन र हिमाली क्षेत्रका नागरिकहरूको आर्थिक जीवनस्तर माथि उठाउन याक तथा चौँरीपालन व्यवसायको निकै ठूलो महत्त्व रहेकाले याक तथा चौँँरीको विकासका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।

नेपालमा अहिले ३० जिल्लामा याक तथा चौँरीपालन गरिँदै आएको छ भने विश्वमा ७ वटा मात्र राष्ट्रमा याक तथा चौँरी व्यवसाय सञ्चालनमा छ । हिउँ पर्ने र चिसो लेकमा बस्ने चौँरी जलवायु परिवर्तनका कारण संकटमा पर्दै गएको छ । चौँरी विश्वमा लोपोन्मुख हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय