थोपा सिंचाई एक प्रभावकारी सिंचाइ प्रविधि हो र यस प्रविधि मार्फत हामीले पानीको साथै विरुवालाई चाहिने पौष्टिक तत्व विरुवाको जरामा दिन सक्छौ । यस थोपा सिंचाई प्रविधिबाट कम पानीबाट धेरै विरुवालाई सिंचाई गरि बढी उत्पादन लिन सकिन्छ । थोपा सिंचाइ प्रविधि प्रयोग ताजा तरकारीहरु जस्तै गोलभेडा, काउली, बन्दा, खुर्सानी, काक्रो, फलफुल र फुल साथै अन्न, दाल, कपास जस्ता कम दुरीमा रोपीने बिरुवामा पनि गर्न सकिन्छ ।
कृषि सोलुशनले नेपाल थोपा सिंचाई प्रा। लि। को सहकार्यमा साना देखि ठुला क्षेत्रफलको लागि थोपा सिंचाई प्रविधिका सामाग्री विक्री वितरण गर्दै आइरहेको छ । यस संस्थाले साना किसानका लागि सामान्य तालिमको भरमा कृषक आफैले फिट गर्न सक्ने आवश्यकता अनुसार ४, ६, ८ र १० लाईनको सेट पनि बिक्रि गरिरहेको छ ।

थोपा सिंचाईका फाइदा
-माटोमा हावा र पानीको अनुपात मिलाउछ, फलस्वरूप जराले वृद्धिको लागि राम्रो वातावरण पाउछ र बिरुवा राम्रो संग बढ्छ ।
– जमिनको अधिकांश क्षेत्र सुख्खा हुने हुदा पानी बश्पिकरण कम हुन्छ , रोग किरा तथा झार को प्रकोप कम हुन्छ ।
-असमतल क्षेत्र, पानी कम हुने क्षेत्र, बलौटे तथा ढुङ्ज्ञान क्षेत्रमा समेत सजिलै खेति गर्न सकिन्छ।
– थोरै पानी बाट धेरै जग्गामा खेति गर्न सकिन्छ ।
-३० – ७०५ सम्म पानीको बचत हुन्छ ।
-पानीको साथमा बिरुवालाई चाहिने खाद्यतत्व ९मलखाद० प्रयोग गर्न सकिन्छ ९फर्टिगेशन विधिबाट० जसबाट मलखादको सदुपयोग हुनुका साथै बिरुवालाई चाहिएको समयमा खाद्य तत्व उपलब्ध हुन्छ ।
– नुनिलो तथा ढलको पानी समेत सजिलै प्रयोग गर्न सकिन्छ
-ग्रिन हाउस, खुला एवं तरकारी, फलफुल लगायत सबै बालीमा उपयुक्त हुन्छ
– नयाँ प्रविधि भएको कारण युवा पिढिलाई कृषिमा आकर्षण गर्न सहयोग पुर्याउछ
– सुरुमा केहि बढी लगानी लगाउनु परेर खर्चिलो देखिए पनी कालान्तर सस्तो पर्न आउछ ।
– एउटै बालीबाट लामो समय उत्पादन लिन सकिन्छ ।
– श्रम, समय, पानी, इन्धन, खाद्यतत्व को बचत हुनको साथै उत्पादन बढ्छ ।
– स्वास्थ्य उत्पादन गर्न सकिन्छ र वातावरण प्रदुषण समेत कम हुन्छ ।
-सबै विरुवालाई चाहिने मात्रामा बराबर पानी सिंचाई गर्न सकिन्छ ।









