कपिलवस्तु, २४ साउन । कपिलवस्तुको शिवराज साझेदारी वन व्यवस्थापन समितिले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । वनले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिँदै बिरुवा वितरण सुरु गरेको छ ।
शिवराज साझेदारी वन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलका अनुसार वनले प्रत्येक वर्ष बिरुवा उत्पादन गरी वृक्षारोपणका लागि सबै नागरिकहरूलाई निःशुल्क बिरुवा वितरण गर्ने गरेको छ ।
उत्पादित बिरुवामध्ये टिक १ लाख २ हजार, सिमल ६ हजार, खयर ६ हजार ५ सय र मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक वन अधिकृत प्रेम शङ्कर गुप्ताले बताए । साझेदारी वनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भए पनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने उनले बताए । ६ सय ८८ हेक्टर वन क्षेत्रमा प्रभावकारी रूपमा काम भएको उनले बताए । काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरी काम गरिएको छ ।









