चर्चित

काठमाडौँ, २५ साउन । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा आलु, किबी, बोडी र गोलभेँडालगायतका बाली लगाइन्छ ।

समुद्री सतहबाट १ हजार मिटरदेखि २ हजार १ सय मिटरको उचाइसम्म फैलिएको गाउँपालिकामा बर्खायाममा १ हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिन्छ । त्यहाँ २ देखि ३ हजार क्विन्टलसम्म आलु फल्छ ।

तर त्यहाँका कृषकको मुख्य समस्या भनेको उत्पादित उपजको सहज बजारीकरण नहुनु हो ।

किसानको यी समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ । जसले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहयोग गर्दै आएको छ ।

गाउँपालिकी उपाध्यक्ष सबिता राईका अनुसार चलनचल्तीको ढुवानी भाडामा कृषि समूहलाई ४० प्रतिशत र व्यक्तिलाई २५ प्रतिशत छुटको सुविधा प्रदान गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ले किसानले उत्पादन गरेको आलु काठमाडौँसम्म ढुवानी गर्ने गरेको छ ।

गाउँपालिका कार्यालयका अनुसार दूधकोशी थुलुङ गाउँपालिकामा २२ हजार ३ सय ७५ जनसंख्या रहेको छ । त्यहाँ खेतीपाती गरिरहेका किसानको संख्या करिब ४ सय पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय