चर्चित

काठमाडौँ, २६ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ४० रुपैयाँ रहेको छ ।

यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ७५ रुपैयाँ कायम भएको छ । समितिका अनुसार रातो आलु न्यूनतम् ४८, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४० रुपैयाँमा संकलन भइरहेको छ । यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५४ रुपैयाँमा संकलन भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ । यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ३० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय ५ रुपैयाँमा संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय