चर्चित

हेटौँडा, २६ साउन । बागमती प्रदेशले लम्पी स्किनविरुद्ध खोप अभियानका लागि ७५ लाख रुपैयाँ बजेट खर्च गर्ने भएको छ । मन्त्रालयले बिहीबारदेखि सुरु गरेको रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानमा कम्तीमा ५ हजार पशुमा खोप लगाउने लक्ष्य राखेको छ ।

विभिन्र जिल्लाहरूमा लम्पी स्किन रोग तीव्र रूपमा फैलिएपछि साउन २५ गतेदेखि ३१ गतेसम्म खोप सप्ताह सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सम्बन्धित विज्ञ केन्द्रमार्फत खोप खरिद, भ्याक्सिनेटरको पारिश्रमिक र सेवा सुविधालगायतका लागि सो रकम खर्च गरिने छ ।

खोप अभियानमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले १० लाख, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखामा ५ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीले ७ लाख ५० हजार, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनबाट ९ लाख ५० हजार रुपैयाँ खर्च गरिनेछ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरले ९ लाख ७५ हजार, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरले ९ लाख ५० हजार, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेले ९ लाख ७५ हजार, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङले ५ लाख ७५ हजार, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटबाट ७ लाख ५० हजार रुपैयाँ खर्च गरिनेछ ।

प्रदेशमा हालसम्म ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ । मन्त्रालयले हालसम्म १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाएको छ । यहाँ १ लाख १० हजार ४ सय ४० पशुहरू सक्रिय संक्रमित छन् ।

प्रदेशमा करिब १० लाख ९९ हजार ५ सय ६० गाई, ८ लाख ९६ हजार २ सय १३ भैँसी छन् भने वार्षिक ४ लाख ५५ हजार १ सय ३१ मेट्रिक टन दुध उत्पादन हुने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय