चर्चित

काठमाडौँ, २८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आइतबार बिहान ६ बजेसम्मको अवस्था हेर्दा १५९० क्वीन्टल तरकारी संकलन भएको छ ।

समितिका अनुसार आज बिहानसम्ममा २२१ क्वीन्टल फलफूलसमेत संकलन भएको छ ।

समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य पनि सार्वजनिक गरेको छ ।

जसअनुसार ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ३० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ८५ रुपैयाँमा संकलन भएको भएको छ ।

समितिका अनुसार रातो आलु न्यूनतम् ४८, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ छ ।

ल‍ोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला लोकल र हाइब्रिड क्रमश: ४० र ४५ रुपैयाँमा संकलन भएको छ ।

यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ३० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय ५ रुपैयाँमा संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय