चर्चित

फलका लागि प्रयोग हुने अमला एउटा बहुउपयोगी बिरूवा हो । यसलाई अंग्रेजीमा गुजवेरी, इिम्ब्लका माइरो वलान्स भनिन्छ । अमला सानोदेखि मझौलासम्म हुने पतझड रूख हो । यो एक हजार पाँच सय मिटरसम्म हाचो नेपालका विभिन्न भेगहरूमा पाइन्छ ।

यसले अत्यधिक प्रकासको चाहाना राख्दछ । तुसारोको असर ठाउँअनुसार फरक फरक पर्ने गरे पनि रोपण गरिएको अमलामा तुसारो खासै समस्या रहेको पाइँदैन । यो सुख्खा ठाँउमा पनि रोप्न सकिन्छ ।

यसको उपयोगिताकै कुरा गर्ने हो भने यसमा ट्रइग्यालोइन, ग्लुकोज, टचेर्नीन, कोरीलोजिन,इलाजिक, एसिड, ट्यानिन, पोलीफिनोलीक, यौगिक, फाइल्यान्टीडाइन, आदि रसायनिक तत्त्वहरू पाइन्छन् । यसमा भिटामिन सीको मात्रा अत्याधिक रूपमा हुन्छ । यो प्रसिद्ध आयुर्वेदिक त्रिफलाको एउटा मुख्य तत्त्व हो । यसलाई आउँ, ज्वरो, झाडा पखाला, जन्डिस, खोकी, अपच, कब्जियत आदि रोगको उपचारको लागि प्रयोग गरिन्छ । यति मात्र नभइ यसलाइ साबुन, स्याम्फु, तेल बनाउनको लागि पनि प्रयोग गरिन्छ । साथमा अमलाको अचार तथा तितौरा बनाएर पनि खान सकिन्छ ।

यति ह्रुदाँहुदै पनि ब्यावसायिक रूपमा अमला खेतीको विकास हुन सकेको छैन । यसलाइ प्रभाकारी रूपमा विकास गर्नको लागि तथा अमला खेतिको विस्तारको लागि हामी सबैको ध्यान जानु जरूरी रहेको छ । नेपालमा अमला खेती विकास गर्न सके धेरै फाइदा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय