चर्चित

श्रावण ३१- राष्ट्रिय दुग्ध विकास बोर्डले माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालज्यूको प्रमूख आतिथ्यतामा दुग्ध क्षेत्रमा देखिएका वर्तमान समस्याको बारेमा सरोकारवाला सबैलाई राखि छलफल गराएको छ । छ्लफल गर्नको लागि बोर्डले वर्तमान अवस्थाको बारेमा सरोकारवालाहरुको समस्या र हल कसरी गर्न सकिन्छ भन्ने विषयमा तयार पारेको रिपोर्ट बोर्डका उपकार्यकारी निर्देशका डा. बालक चौधरीले प्रस्तुत गरेका थिए ।

छलफल कार्यक्रममा राष्ट्रिय दुग्ध बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव संजिव कुमार कर्ण, दुग्ध विकास संस्थानका महाप्रबन्धक संजिव झा, बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी, केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालका अध्यक्ष अम्बर बहादुर कुंवर, महासचिव राम आचार्य, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, बोर्डका बोर्ड सदस्य सुमित केडिया, बोर्ड सदस्य विश्वराम खड्का, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघ लि.का अध्यक्ष बाबुराम अधिकारी, डेरी साईन्स एसोसिएसनका अध्यक्ष टेक बहादुर थापा, उपाध्यक्ष सियाराम प्रसाद सिंह, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, मन्त्रीज्यूको सचिवालय सुशिल भट्टराई, चितवन दुग्ध उत्पादक सहकारी संघ लिका अध्यक्ष किशोर बगाले, बोर्डका प्रशाशन निर्देशक विदुर राई, प्राविधिक निर्देशक डा. हसना मैंया श्रेष्ठ लगायत बोर्डका कर्मचारी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कर्यक्रममा सरोकारवाला सबैले अहिले दुध नपुग्ने समयमा दुध कसरी बढी भयो ? बढी भएको दुध कसरी व्यवस्थापन गर्ने ? खपत कसरी बढाउने भन्ने विषयमा छलफल भयो । किसानका प्रतिनिधिहरुले दुधको पैसा ३ महिनासम्म नपाएको गुनासो गरे भने उद्योगीहरु र दुग्ध विकास संस्थानले स्टक बढि भएर समयमै भुक्तानी गर्न नसकेको, सिमा नाकाबाट दुध यता आएको, लम्की रोगका कारण पशु मरेका, अहिले बिमा नगरेको, पहिला बिमा गरेकोमा पनि भुक्तानी नगरेको कुरा बताए । माननीय मन्त्रीज्यूले उठेका विषयमा समस्या समाधान गर्ने उपायहरुको खोजी गरिने छ । राष्ट्रिय दुग्ध विकास बोर्ड यथावत रहने कुरामा आफू अडिग रहिरहेकोले नै आज बोर्ड रहेको हो । बाहिरबाट आएका दुध तथा दुग्ध पदार्थको लागि नाकामा अनुगमन कडा गरिनेछ । लम्की रोगका कारण परेको समस्यामा मन्त्रालय गम्भीर रहेको छ ।

जति पनि समस्या आएका छन् ती समस्याको क्रमशैसँग हल गर्ने प्रयास गरिने छ र मुख्य विषय भनेको किसानको जसरी पनि बिक्री हुने र मिल्क होलिडे नहुने कुरामा उद्योगीलाई आग्रह गर्दै सोही अनुसारको वातावरण तयार गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफ्नो विचारका क्रममा बोर्डका कार्यकारी निर्देशक डा. यादवले बोर्ड यथावत रहेकोमा सबैलाई धन्यवाद सहित बधाई दिंदै अब बोर्ड शसक्त रुपमा अघि बढ्ने र दुग्ध क्षेत्रमा अग्रगामी छलाङ्ग मार्ने गरि मन्त्रीज्युको सल्लाह अनुसार अघि बढ्ने बताउनुभयो । साथै हाल देखिएका समस्याको पनि निकास निकाल्न बोर्डले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा बताए । दुग्ध विकास संस्थानका महाप्रबन्धक डा.संजिव झाले हालको समस्या हल गर्नका लागि संस्थान लागि पर्ने र किसानको बाँकी भुक्तानी जतिसक्दो छिटो गर्ने कुरामा आफू गम्भीर भएको बताए । हालको समस्याक कारण धेरै मात्रामा सामान स्टक रहेका कारण भुक्तानी गर्न बाँकी भएको कुरा सत्य हो । यसको समाधान छिटो गरिने कुरा बताए।

दुग्ध उत्पादक संघका अध्यक्ष अम्बर कुवंरले हाल पशुपालन व्यवसाय धेरैनै धरापमा गएकाले विभिन्न कारणहरु मध्ये समयमा दुधको भुक्तानी नहुनु मुख्य हो भने लम्पी स्किन रोग र विदेशबाट आयात हुने दुध तथा दुग्ध पदार्थ अर्को समस्या भएको कुरा बताए । पशुपालन तथा मत्स्य संघका अध्यक्ष बाबुराम अधिकारीले किसानको समस्या हल गरेर मात्र दुग्ध क्षेत्रको उन्नती हुने र विदेशी आयातित वस्तु आजकै दिनदेखि प्रतिवन्ध लगाउनु पर्नेमा जोड दिनुभयो । बोर्ड सदस्य सुमित केडियाले अहिलेको समस्याले गर्दा दुग्ध पदार्थको स्टक उल्लेख्य रुपमा रहेको र आगामी दिनहरुमा पनि यो समस्या हल नभए दुग्ध क्षेत्रमा भयावह अवस्था आउने कुरा बताए । अर्का बोर्ड सदस्य विश्वराम खड्काले उपभोग घट्नुमा विभिन्न कारणले उपत्यकामा जनसंख्या घट्नु पनि एक हो भन्ने कुरा बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले ३ महिना अघिदेखि नै नेपाल डेरी एसोसिएसनले यो समस्याको समाधानका लागि आयातित दुध तथा दुग्ध पदार्थ आयात गर्न प्रतिबन्ध लगाउन अनुरोध गर्दै सरोकारवाला निकायहरुमा प्रत्राचार गरिसकेको र लम्पी रोगको रोकथामका लागि समेत सजग गराई बेलैमा खोप र औषधिको व्यवस्थापन गर्न सरोकारवाला सबैलाई पत्र मार्फत जानकारी गराएको थियो । बेलैमा सबैले यी काम गरेको भए आज यो दिन आउने थिएन अब ढिलो भएपनि सबै मिलेर यी समस्याका समाधान खोज्लेतिर लाग्न अनुरोध गर्नुभयो र मन्त्रालयका मन्त्री एवं सबैलाई बोर्ड यथावत रहने भएकोले विशेष धन्यवाद दिए । डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालले उद्योगमा दुध नपुग्दा ल्याउन पाउनु पर्छ भने बढी रोक्नको लागि आफू तयार रहेको बताए। डेरी साईन्स एसोसिएसनका अध्यक्ष टेक वहादुर थापाले हालको समस्या समाधानका लागि सबै मिली अघि बढ्नु नै अहिलेको मुख्य कुरा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय