धनगढी, ३२ साउन । ६ करोड ८७ लाख ५७ हजार भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक हेमराज विष्ट पुनः जिम्मेवारीमा फर्किएका छन् ।
अदालतबाट दोषी ठहर नभएपछि पुुनः निमित्त निर्देशकका रुपमा उनी कामकाजमा फर्किएका हुन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले बिष्ट केही दिनअघिदेखि निमित्त निर्देशकका रुपमा काममा खटिएको जानकारी दिएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभ बास्तोलाले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।
बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।









