हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ शितलमहल चोकमा दरबार एग्रोमार्ट सञ्चालनमा आउन लागेको छ । भोलि शनिवारदेखि दरबार एग्रोमार्ट सञ्चालनमा आउन लागेको हो ।
एग्रोमार्ट सञ्चालनको तयारी पूरा भएको सञ्चालक सुरज लामाले जानकारी दिए । एग्रोमार्टमा फलफूल, तरकारी, गेडागुडी र महलगायत स्थानीय एवं रैथाने बालीहरू कोदो, कोदोको पिठो, फापर, फापरको पिठो, मार्सी चामल, स्थानीय बेसार साथै फलफूलको फ्रेस जुस, सजावटका बिरुवाहरु उपलब्ध हुनेछन् ।
एग्रोमार्टका सञ्चालक सुरज लामाले एग्रोमार्टको मुख्य उद्देश्य भनेको सिधै कृषकहरुको फार्म खेतबारीबाट विभिन्न कृषि उपजहरु ल्याइ ताजा र स्वस्थ वस्तुहरु उपभोक्ताहरुलाई सहज रुपमा उपलब्ध गराउनु हो ।









