चर्चित

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारलेक धारिलो हतियार प्रहार गरी बिहीबार ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेका छन् ।

घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेका बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय