चर्चित

काठमाडौं, ३ भदौ । भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा महसुल बढाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो ।

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएपछि भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ ।

भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो । नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।

नेपाली बजारमा अहिले प्याज प्रतिकिलो ६१ रुपैयाँ थोक मूल्यका खरिद बिक्री भइरहेको छ । नेपाल आलु प्याज व्यवसायी संघका अनुसार भारतको निर्णयले नेपालको बजार पनि प्रभावित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय