चर्चित

भरतपुर, ३ भदौ । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्ष रूपमा देखाइने भएको छ । जसका लागि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गृहकार्य गर्न निकुञ्जलाई आग्रह गरिसकेकी छिन् ।

निकुञ्जमा पाटेबाघ पाइन्छ । हाल निकुञ्जको मुख्यालय कसरामा तीन बाघ खोरमा रहेका छन् । सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय