चर्चित

काठमाडौँ, ४ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय २० रुपैयाँ रहेको छ ।

समितिका अनुसार रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३६ र मुडेको रातो आलु ४६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ छ ।

ल‍ोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८०, सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।

यसैगरी आज केरा दर्जनको १ सय ४० रुपैयाँ रहेको छ । अनार २८०, ल‍ोकल नासपाती ७० र चाइनिज नास्पाती ३०० रुपैयाँ रहेको छ । किबी ७००, आभोकाडो ४५० र जुनार ३२० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय