काठमाडौँ, ७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार आज प्याज न्यूनतम् ७५ रुपैयाँमा संकलन भएको छ । यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ६३ रुपैयाँ रहेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ९० रुपैयाँ रहेको छ ।
रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ छ ।
लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ७०, सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।









