काठमाडौँ, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार आज प्याजको मूल्य घटेको छ । हिजो न्यूनतम् ७५ रुपैयाँमा संकलन भएको प्याज आज २ रुपैयाँले घटेर प्रतिकिलो न्यूनतम् ७३ रुपैयाँमा संकलन भएको छ ।
यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ५५ रुपैयाँ रहेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ८० रुपैयाँ रहेको छ ।
रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३६ र मुडेको रातो आलु ४८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ ।
लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ५० र सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।









