लुम्बिनी प्रदेश मूख्यमन्त्री डील्ली चौधरीसहित लुम्बिनी प्रदेश सभा सदस्य माननीय बिष्णु पन्थी, नवराज लामिछाने, रिमा नेपाल, बुद्धभुमि नगरपालिका मेयर केशव श्रेष्ठ, वाणगंगा नगरपालिकामा मेयर चक्र अर्याल, बुद्धभुमि नगरपालिका वडा नं १ र ९ का वडा अध्यक्षको समेत उपस्थिति रहेको थियो। लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री सहितको टिमले आज लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्ला, बुद्धभुमि नगरपालिका वडा नं ९ स्थित ग्लोबल डेरी प्रा. लिको अवलोकन गरेको छ ।
ग्लोबल डेरी उद्योगले लुम्बिनी प्रदेशको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएको छ। अवलोकन गर्ने क्रममा सो टिमले उद्योग लगाउने संचालक एवं सम्पूर्ण उद्योगमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद सहित प्रशंसा गर्यो ।
यो उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको कुरा मुख्य मत्री सहितको टिमले ब्यक्त गर्यो । डेरी उद्योगका संचालक एवं अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार हाल उद्योगले दैनिक ५० हजार दुध खपत गरि उपभोक्ता माझ पुर्याइरहेको छ भने दैनिक ५० लाख रुपैयाँ शहरबाट गाउँसम्म किसानको हात पुर्याउन सहयोग गरेको छ भने २० हजारभन्दा बढी किसानसँग कारोबार गरिरहेको, उद्योगमा दैनिक २०० जनालाई रोजगार दिइएको र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश गरि ९ जिल्लाबाट हाल दुध संकलन गरिरहेको बताए । २०७१ सालमा संस्थापक कमल न्यौपानेले सुरु गर्नु भएको उद्योग आज देशकै ठूलो उद्योगको रुपमा परिचित भएको छ । अब छिट्टै पाउडर दुध कारखाना लगाउने योजना पनि रहेको कुरा अर्का संचालक एवं प्रबन्ध निर्देशक जनक न्यौपानेले बताए । उद्योगले आफ्नो बजार काठमाडौंदेखि पोखरासम्म बिस्तार गरेको छ ।









