चर्चित

मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम् रैथानेबालीको बजारीकरण गर्ने उद्धेश्यले काठमाण्डौको दरबार मार्गमा हरेक शनिबार संचानन हुँदै आएको रैथाने कृषि हाटबजारमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले स्थानीउ स्तरमा उत्पादन भएका कृषि उपजहरु बिक्रीको शुरुवात गर्दै गरेको दृश्यले पालिका किसानप्रति समर्पित भएको मात्र होइन्, स्थानिय सरकारको जिम्मेवारीको बोधलाई समेत स्पष्ट दर्शाइरहेको थियो ।

मकवानपुरगढी गाउँपालिकाको सहयोगमा अपाङ तथा विपन्न कृषि सहकारी संस्थाले ब्रान्डिङ तथा प्याकेजिङ गरेको कालीखोला ब्रान्डको कोदो पिठो बिक्री गरी गाउँपालिका अध्यक्ष स्याङतानले बजारीकरणको शुरुवात गरेका थिए । कोदोको पिठो सँगै कोदोको दाना, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था द्वारा उत्पादित शुद्व बेसारको धुलो, पौवाडाँडा कृषक समूहद्वारा उत्पादित स्थानीय लसुन, बाँसबाट बनेका हस्तसामाग्रीहरु (क्रेट, डस्टविन, फाइल ट्रे) बिक्रीमा राखिएको थियो ।

विशेष गरि मकवानपुरगढी गाउँपालिकामा कृषक, कृषक समूह, सहकारीहरुले उत्पादन तथा प्याकेजिङ गरेका कोदोको पिठो, बेसार, लगायत अन्य विभिन्न स्थानीय एवम् रैथाने कृषि उपजहरुलाई काठमाण्डौको बजारसँग जोड्न पहिलो प्रयास गरिएको गाउँपालिका अध्यक्ष स्याङतानले यस्ता बजारहरुमा र उत्पादन गर्न किसानहरुलाई सदैव सहयोग गर्ने प्रतिबद्धता गरे ।

हाटबजारमा कोदोको पिठो किन्ने उपभोक्ताहरुको उत्साहजनक उपस्थति र राम्रो प्रतिक्रियाले उर्जा मिलेको पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । रैथाने कृषि हाटबजारमा नियमित रुपमा मकवानपुरगढीमा उत्पादित कोदो, कोदोको पिठो र अन्य कृषि उपजहरू उपलब्ध हुने व्यवस्था मिलाइने समेत चौधरीले बताए ।

कोदोको प्रसारकर्ता तथा वरिष्ठ कृषि विज्ञ छवि पौडेलले समेत यस स्टलमा किनेको कोदो सस्तो र गुणस्तरीय लागेको भन्दै पालिकालाई यसरी बजारमा सँगै लागेर किसानको सहयात्री बन्न लागेकोमा निकै खुशी रहेको कुरा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय