चर्चित

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन भएको वन क्षेत्रमा रोकिएका काठ तत्काल खुला गर्न माग गरेको छ । झण्डै १ वर्षदेखि नै वन क्षेत्रमा काठ रोकिँदा काठ सडेको र उपभोक्ताहरुले काठ प्रयोग गर्न नपाएको भन्दै काठमा लगाइएको प्रतिबन्ध तत्काल खुला गर्न फेकोफनले माग गरेको हो ।
फेकोफनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठको प्रतिबन्ध खुला गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेको छ । मन्त्रिपरिषदको गत जेठ १५ को निर्णय अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाबाहेक अन्य वन क्षेत्रका सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसार पोसारमा रोक लगाएको थियो ।
मन्त्रिपरिषदको असोज ११ को निर्णयले सरकोल जेठ २८ गते गठन गरेको उच्चस्तरिय छानविन समितिको प्रतिवेदनले औल्याएको विषयहरु कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो । उक्त छानविन समितिको प्रतिवेदनमा उल्लेखित ‘निष्कर्ष तथा सिफारिसहरु’ मध्ये वन पैदावारको बिक्री वितरण खुलाउने सम्बन्धमा गरिएका सिफारिसहरु भएको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन नभएका क्षेत्रबाहेकका वन क्षेत्रको भने काठमाथिको प्रतिबन्ध खुलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय