चर्चित

रेसमखेतीबाट हुने फाइदाहरू

छोटो अवधिमा आम्दानी लिन सकिने उच्च मूल्य र कम तौलको बाली

किम्बु बगैचा व्यवस्थापनबाट भूक्षयको रोकथाम हुनुका साथै वातावरण संरक्षणमा योगदान पुग्ने

रेशम खेतिमा प्रयोग भए पछि बाकि रहेको किम्बु घास पशुपालनमा पनि प्रयोग गर्न सकिने हुँदा यस व्यवसायलाइ एकिकृत रुपमा संचालन गर्न सकिने ।

किम्बु बगैंचाबाट दाउराको आपूर्ति गर्न सकिनुका साथै किम्बुका विभिन्न उत्पादनहरु जस्तैः किम्बु पातबाट पकौडा , किम्बु पातको चिया , किम्बु फलबाट जाम , जेलि तथा ब्राण्ड तयार गर्न सकिने

रेशम किराको प्युपालाइ कुखुरा वा माछाको दानाको रुपमा प्रयोग गर्न सकिने साथै यसमा प्रशस्त प्रोटिन पाइने हुनाले यसलाइ भुटेर समेत खान सकिने।

किरापालनमा बढी श्रम चाहिने हुनाले प्रशस्त रोजगारि सिर्जना गर्न सकिने साथै सानो लगानिमा व्यवसाय सुरुवात गरि मुनाफा लिन सकिने र सानो क्षेत्रफलमा समेत खेति गर्न सकिने हुनाले गरिबि निवारणमा योगदान पुग्ने

नेपालमा रेशम धागो ठुलो मात्रामा आयात भएको र अन्तरास्ट्रिय बजारमा समेत उच्च माग रहेकाले आयात प्रतिस्थापन र निर्यात प्रवदर्नमा योगदान पुग्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय