चर्चित

काठमाडौं, १० भदौ । पशुपन्छी क्षेत्रसँग सम्बन्धित १६ संगठनले आज राजधानीको नयाँ बानेश्वरमामा भेला तथा प्रदर्शनी गर्ने भएका छन् ।

नेपाल भेटेरिनरी एसोसिएसनको अगुवाइमा संघर्षरत १६ संगठनले आइतबार बिहान बृहत् भेला तथा प्रदर्शनी गर्न लागेका हुन् ।

पशु सेवा विभाग मातहतका निकायबारे बजेटमा गरिएको प्रबन्ध, लम्पी स्किन, अफ्रिकन स्वाइन फिभरबाट पीडित किसानलाई राहत, निःशुल्क खोप, एक पालिका एक भेटेरिनरी चिकित्सकलगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वरमा भेला भएर नयाँ बानेश्वरमामा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय