चर्चित

काठमाडौँ, ११ भदौ । काठमाडौँको दरबारमार्गमा हरेक शनिबार संचालन हुँदै आएको रैथाने कृषि हाटबजारमा स्टल राखेर ग्राहकहरुको मन जित्न सफल भएकी एक महिलालाई सम्मान गरिएको छ । सिद्धिचरण नपा ओखलढुङ्गाकी सुमीना भट्टराई अर्थात् (सातुदिदी) लाई साउन महिनाभरीको उत्कृष्ट स्टलको रुपमा घोषणा गरी नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

रैथाने बालीहरुको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा गरिएको छलफलमा साउन महिनाभरि यसरी यो रैथाने कृषि हाटबजार स्टल राखेर ग्राहकहरुको मन जित्न सफल भएकी उनलाई सम्मान गरिएको थियो ।

मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम् रैथानेबालीको बजारीकरण गर्ने उद्धेश्यले काठमाण्डौको दरबार मार्गमा हरेक शनिबार संचानन हुँदै आएको रैथाने कृषि हाटबजारमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले स्थानीउ स्तरमा उत्पादन भएका कृषि उपजहरु बिक्रीको शुरुवात गर्दै गरेको दृश्यले पालिका किसानप्रति समर्पित भएको मात्र होइन्, स्थानिय सरकारको जिम्मेवारीको बोधलाई समेत स्पष्ट दर्शाइरहेको थियो ।

मकवानपुरगढी गाउँपालिकाको सहयोगमा अपाङ तथा विपन्न कृषि सहकारी संस्थाले ब्रान्डिङ तथा प्याकेजिङ गरेको कालीखोला ब्रान्डको कोदो पिठो बिक्री गरी गाउँपालिका अध्यक्ष स्याङतानले बजारीकरणको शुरुवात गरेका थिए । कोदोको पिठो सँगै कोदोको दाना, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था द्वारा उत्पादित शुद्व बेसारको धुलो, पौवाडाँडा कृषक समूहद्वारा उत्पादित स्थानीय लसुन, बाँसबाट बनेका हस्तसामाग्रीहरु ९क्रेट, डस्टविन, फाइल ट्रे० बिक्रीमा राखिएको थियो ।

विशेष गरि मकवानपुरगढी गाउँपालिकामा कृषक, कृषक समूह, सहकारीहरुले उत्पादन तथा प्याकेजिङ गरेका कोदोको पिठो, बेसार, लगायत अन्य विभिन्न स्थानीय एवम् रैथाने कृषि उपजहरुलाई काठमाण्डौको बजारसँग जोड्न पहिलो प्रयास गरिएको गाउँपालिका अध्यक्ष स्याङतानले यस्ता बजारहरुमा र उत्पादन गर्न किसानहरुलाई सदैव सहयोग गर्ने प्रतिबद्धता गरे ।

हाटबजारमा कोदोको पिठो किन्ने उपभोक्ताहरुको उत्साहजनक उपस्थति र राम्रो प्रतिक्रियाले उर्जा मिलेको पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । रैथाने कृषि हाटबजारमा नियमित रुपमा मकवानपुरगढीमा उत्पादित कोदो, कोदोको पिठो र अन्य कृषि उपजहरू उपलब्ध हुने व्यवस्था मिलाइने समेत चौधरीले बताए । मकवानपुरगढीमा उत्पादित स्थानीय एवम् रैथानेबालीहरु र बाँसबाट निर्मित डस्टविन, क्रेट, फाइल ट्रेलगायतका हस्तकला सामाग्रीहरु समेतको प्रबर्द्धन गरिएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

रैथाने हाटबजारमा उपस्थित पुर्व संस्कृति पर्यटन मन्त्री तथा बागमति प्रदेश साँसद याङकिला शेर्पाले यो रैथाने हाटबजारको अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएन् साथै उनले यहाँ ल्याएइका उपजहरुको अर्गानिक प्रमाणिकरण समेत गरेर राख्ने हो भने थप विश्वास र दिगो हुने कुरा बताइन् ।

रैथाने एग्रि प्रडक्ट्सका अध्यक्ष तथा रैथाने हाटबजारका आयोजक तिलक ढकालले हाम्रा पुर्खाले बिउको संरक्षण गरिरहेका तर हाम्रो पुस्ताले हाइब्रिड बिउमा मात्र लाग्ने पाइएको र रैथाने बिउलाईजोगाँउन हामी सबै लाग्नुपर्ने बताए । अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका गर्नका लागि हामी सबै लाग्नुपर्ने बेला भएको छ ।

कार्यक्रमको औपचारीक संचालन गरेका रैथाने हाटबजारका आयोजक तथा रैथाने एग्रि प्रडक्ट्सका संचालक सदस्य आर बि राइले समेत गितीभाकामा रैथानेको प्रसारका कुरा मज्जाले सुनाए ।

रैथाने हाट बजारमा निःशुल्क महि सेवन गराउन नेपाल डेरी एसोसिएसनले सम्झौता गरेको छ । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा।लि। काठमाडौं बिच सम्झौता अनुसार आज मिति २०८०÷०५÷०९ गतेका दिन एक औपचारीक कार्यक्रम गरि दुबै संस्थाका अध्यक्ष प्रल्हाद नेपाल डेरी एसोसिएसन र टिलक ढकाल रैथाने एग्री प्रडक्टस् नेपाल प्रा।लि।बिच सम्झौता पत्रमा हस्ताक्षर गरि लिने र दिने कार्य सम्पन्न भएको छ ।

हाटबजारमा विभिन्न हिमाली जिल्लाका उत्पादनदेखी पहाडी जिल्ला र तराईका समेत विभिन्न स्थानिय उपजहरुका विक्रि स्टलहरु रहेका छन् । रैथाने गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन पनि किसानले हाटबजारमा मज्जाले सजिएको देख्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय