चर्चित

काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा महानगरपालिकाभित्र ७० प्रतिशत दूध खुला रुपमा बेचिने गरेको पाइएको छ । कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार महानगरले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिलाई महानगरले यस्तो तथ्यांक उपलब्ध गराएको हो ।

रबरले बाँधेर प्लास्टिकको पोकामा डेरीबाट बेचिने खुला दूधमा हुने चिल्लो पदार्थको मात्रा वा अन्य आवश्यक गुणस्तर कति छ भन्ने थाहा नहुने भएकोले कडाइ सुरु गरिएको महानगरले जनाएको छ ।

खुला दूधको उत्पादन एवम् उपभोग्य मितिको ठेगान नहुने झाले बताए । तर, खुला दूधको बिक्री भने व्यवस्थित रहेको उनको भनाइ छ । खुला दूध बाहेक अन्य प्याकेजिङ गरेर लेभल राखिएको दूधहरु पनि सडक किनारामा अव्यवस्थित ढंगले बेच्ने गरेको उनले बताए । गुणस्तर यकिन नभएका वस्तुको बिक्री स्थल व्यवस्थित छ तर गुणस्तर भएका दूधको बिक्री स्थल व्यवस्थित नभएको झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय